कैँची प्रहार गरी दाजुको हत्या

धनगढी | माघ १३, २०८१

कैँची प्रहार गरी दाजुको हत्या सांकेतिक तस्वीर

धनगढी:    कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् ।


घरायसी विवादमा प्रकाशले आफ्नो दाइलाई कुटपिट गर्नुका साथै घाँटीमा कैँची प्रहार गरेको जनाइएको छ । कैँची प्रहारबाट गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि राति नै धनगढीस्थित निसर्ग अस्पतालमा लगिए पनि उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 


दाइको हत्या गर्ने भाइलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्