डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
पाेखरा | फागुन २, २०८१
पोखरा: नक्कली फेसबुक आईडी बनाएर विभिन्न प्रलोभन देखाई डिपेन्डेन्टमा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
डिपेन्डेन्टमा युके लैजान्छु भनेर ६लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभे्रपलान्चोक घर भएका २ जनालाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
फेसबुकमा नेहा गुरुङ नामको फेक आईडी बनाएर साथी बनाई विभिन्न कुराकानी तथा प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका ७ स्थायी घर भएका १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका ४ घर भएका २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धीमा मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

