आज साउन १५, खीर खाने दिन

पाेखरा | साउन १५, २०७९

आज साउन १५, खीर खाने दिन


 ‘असार १५ दही(चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।

 

वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।

 

हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरुले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउछन् ।

 

साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बच्न खीर खाने गरेको पाइन्छ ।

 

नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

 

हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा-मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।

 

सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।


असार १५ भित्र खेतिपातिको काम सकेर फुर्सदिलो हुने भएकाले किसाहरुले खीर खाने गरेको भन्ने भनाइ पनि छ। तर पछिल्लो समय खीर सबैको रोजाइमा पर्ने गरेको छ। असारको झरीमा रुझेको शरीरलाई शक्ति दिन खीर खाने गरेको किसान बताउँछन्। 

 

आवश्यक सामग्री

-चामल

- दूध

- काजु

- किसमिस

-बदाम

- मरिचको दूलो

- चिनी

पकाउने विधि

सबैभन्दा पहिले कतिजनालाई खीर पकाउने हो त्यहीअनुसार चामल पानीमा भिजाउने। चामललाई करिब २र३ घन्टा पानीमा भिजाउनुपर्छ। माथि तयार पारिएका मसलाहरूलाई घिउमा हल्का रातो हुनेगरी भुट्नुपर्छ। अब खीर पकाउने भाँडो चुलोमा बसाल्ने। त्यसमा आवश्यकताअनुसार घिउ राख्ने। घिउ तातिसकेपछि त्यसमा भिजाएको चामल हल्का रातो हुनेगरी भुट्ने।

 

चामल भुटिइसकेपछि त्यसमा दूध राख्ने। आगो सानो बनाउने। पटक पटक चलाइरहने। चामल पाकिसकेपछि तयार पारेको मसला र स्वादअनुसार चिनी राख्ने। सबै मरमसला राखेर खीर राम्रोसँग चलाउने। यसरी तयार पारेको खीर तरकारी र अचारसँग खाँदाको मज्जा नै बेग्लै हुन्छ।

 

अझ जाँगर छ भने खीरसँगै पुरी पनि बनाएर खान सकिन्छ।
 

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्