नेपाल मगर विद्यार्थी संघ गण्डकीको अध्यक्षमा दिलिप राना मगर
पाेखरा | फागुन ४, २०८१
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्ष दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् ।
तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर सर्वसम्मत चयन भए ।
यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर, चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्यीय समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

