एमाले कास्कीको तीन महिने ‘जरा अभियान’: शुक्रबार पोखराको सभागृहमा अभिमुखिकरण
पाेखरा | फागुन ८, २०८१

पोखरा: नेकपा (एमाले) कास्की जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ अन्तर्गत भोलि (शुक्रबार) जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आगामी चैतसम्म सञ्चालन हुने यस ‘जरा अभियान’ले स्थानीय तहमा पार्टी तथा जनवर्गीय संगठनलाई मदबुद बनाउने उद्देश्यसहित अभियान थालिएको हो ।
पोखरा सभागृहमा हुने कास्की जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतको उपस्थिति रहने कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।
गुटबन्दीको अन्त्य गर्नका लागि जरा अभियानले महत्वपूर्ण योगदान दिने उनको विश्वास छ ।
‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने त हो नै र पार्टीको सकरात्मक र रचनात्मक काम जनतासामु पेश गर्नेछ, उनले भने, ‘यतिमात्र नभएर यो अभियानले पार्टीभित्रको गुट उपगुटको प्रथालाई सदाका अन्त्य पनि गर्नेछ ।’
उक्त अभियानले कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्यता बढाउने, जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई बढाउदै लैजाने, जनसंगठनहरूको सक्रियता बढाउने लक्ष्य लिएको छ ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...