निगाता इन्टरनेशनल ल्याङग्वेजको  ‘शैक्षिक मेला’ भोलि, तयारी पूरा

पाेखरा | फागुन ८, २०८१

निगाता इन्टरनेशनल ल्याङग्वेजको  ‘शैक्षिक मेला’ भोलि, तयारी पूरा

पोखरा:  निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले पोखरामा आयोजना गरेको शैक्षिक मेलाको तयारी पूरा भएको छ । पोखरा महानरपालिका–९ पृथ्वीचोकस्थित पोखरा मलमा प्रधानकार्यालय रहेको इन्स्टिच्युटले पहिलो पटक शैक्षिक मेला आयोजना गरेको हो । 


निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको इन्स्टिच्युटकी  म्यानेजर स्नेहा राईले जानकारी दिइन् ।


उनले अनुसार जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको बताईन् । 


‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको छ, म्यानेजर राईले भनिन्, ‘निशुल्क मेलामा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न प्याकेजको व्यवस्था गरेका छौं । ’


व्यवस्थापक राईका अनुसार पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा हुने निशुल्क शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।


उनले मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार सञ्चालन गर्ने बताइन् । यस्तै १ देखि २ बजेसम्म बेलायत ९युके० २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन हुनेछ ।


यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइनेछ ।


उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँग सहकार्य गरको इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।


उनका अनुसार अनुसार शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई  भाषा तयारी कक्षा  (Japanese Language, IELTS, PTE )मा ५० प्रतिशत छुट दिइने छ ।


‘जापान जान चाहने विद्यार्थीहरु जो शैक्षिक मेलामा आउनुहुन्छ । उहाँहरुलाई हामीले तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्नेछौं ।,’ उनले भने ।


उक्त मेला उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुका लागि उपयोगी हुने आयोजक संस्थाको विश्वास छ ।
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्