जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त, केहिबेरमा सपथ ग्रहण गर्ने

काठमाडाैं | साउन १५, २०७९

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त, केहिबेरमा सपथ ग्रहण गर्ने


काठमाडौं:  साउन १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५ः३० बजे शीतल निवासमा हुनेछ ।

 

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

 

सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनले उहाँलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो । उहाँले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो । 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्