डिडि डान्स सेन्टरलाई तामाङ साँस्कृतिक नृत्य प्रतियोगिताको उपाधि
पाेखरा | फागुन ११, २०८१

पोखरा: नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ ।
प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भए । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपम वाइवा तामाङ, पुर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगातयले वितरण गरे ।
कार्यक्रममा तामाङ समुदायको संस्कृतिमा योगदान गरे वापत नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा र गायक उर्गेन दोङ्गलाई सम्मान गरिएको थियो ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...