मगर पत्रकार संघ कास्की शाखाको अध्यक्षमा बिनु
पाेखरा | साउन १५, २०७९
पोखरा : नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापा मगर सर्वसम्मत चयन भएकी छिन् ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो जिल्ला अधिवेशनले बिनु थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविण मगर, सहसचिवमा बल बहादुुर रोका मगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यस्तै सदस्यहरुमा सुुजन थापा मगर, जुना थापा मगर र सिजन थापा मगर चयन भएका छन् भने बाकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको स्थापना २०७२ सालमा रुद्र हितान मगरको अध्यक्षतामा स्थापना भएको गरिएको थियो ।
मौलिक कौराहा पुरस्कार पत्रकार घर्तिलाई
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार तथा वरिष्ठ अधिवक्ता मनोज घर्ती मगरलाई प्रदान गरिएको छ ।
नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत हुन् ।
यसैविच मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरेको छ ।

यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

