मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर

काठमाडाैं | फागुन १४, २०८१

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर

लुम्बिनी: स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । 


बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा  उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध  रु पाँच करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो । 


उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो । 


प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक ...

थप पढ्नुहोस्

काठमाडौं: देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार  दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ ।  द...

थप पढ्नुहोस्