पोखरामा चार जुवाडे १ लाख बढी नगदसहित पक्राउ

पाेखरा | फागुन २२, २०८१

पोखरामा चार जुवाडे १ लाख बढी नगदसहित पक्राउ

 पोखरा: पोखरा जुवा (सट्टेवाजी) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा गोटी प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ४ जनालाई १ लाख ११ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 


उनका अनुसार पक्राउ पर्नेमा पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–९ बस्ने ४६ वर्षीय आविद अंसारी, सोही स्थान बस्ने ३३ वर्षीय मनोज राम हरिजन, पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–२५ हेमजा बस्ने ३० वर्षीय रामचन्द्र भण्डारी र बारा कलैया उपमहानगरपािलका घर भई पोखरा ९ बस्ने ३८ वर्षीय साजन साह छन् । 


प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ११ हजार, ५ थान मोबाईल र ग २० प १४९६ नम्बरको एकथान मोटरसाइकल समेत बरामद गरेको छ । 

प्रहरीले बरामद गरेको नगद, मोबाइल र मोटरसाइकल । फोटोः कास्की प्रहरी 


पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्