निरन्तरको वर्षाले सडक भत्काउँदा घान्द्रुकमा घटे पर्यटक

कास्की | साउन १७, २०७९

निरन्तरको वर्षाले सडक भत्काउँदा घान्द्रुकमा घटे पर्यटक

कास्कीः शनिबार अपरान्हदेखि निरन्तर वर्षा हुँदा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा चहलपहल ह्वात्तै घटेको छ । 

 

गर्मीको सिजनमा घुम्न उत्तम मानिले घान्द्रुकमा शनिबारदेखि निरन्तर परेको पानीले सडक सञ्जाल अवरुद्ध हुँदा त्यहाँ रहेका आन्तरिक र बाह्य पर्यटक पैदल फर्कन थालेका छन् भने बाहिरबाट त्यहाँ जान कठिनाई भएको छ । 
 

 

बिरेठाँटीबाट घान्द्रुक जानेक्रममा क्ल्यु खोला, भिचु, छैसरीमा पहिरो गएकाले यातायात अवरुद्ध हुँदा साँदीखोलादेखि पैदलै हिड्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवस्थापन समिति, घान्द्रुकका सदस्य राजबहादुर गुरुङले जनाएका छन् । 

 

गुरुङका अनुसार शनिबारअघि त्यहाँ पुगेका पर्यटकहरु पुरानो बाटे हिँडेर साँदीखोलासम्म आएका छन् । साँदीखोलाबाट बिरेठाँटी–पोखरा गाडी चलिरहेको गुरुङले जानकारी दिए । 

 

हाल स्थानीय एवं केही पर्यटकहरु साँदीखोलाबाट ५ किलोमिटर हिँडेर घान्द्रुक पुग्न बाध्य भएको छन् । सडकमार्ग करिब १० किलोमिटर भएपनि पैदलमार्ग ५ किलोमिटरको हाराहारीमा रहेको छ । 

 

सडक सुचारु गर्न पर्यटन व्यवस्थापन समित, घान्द्रुक जीप व्यवसायी समिति र अन्नपूर्ण गाउँपालिकासँग समन्वय भएपनि यतिबेला मर्मत कार्य गर्न कठिनाई रहेको छ । 

 

जीप व्यवसायी समितिको सहसचिवसमेत रहेका गुरुङले भने, ‘यतिबेला तात्तातै मर्मत गर्दा भरे नै उस्तै हुने सम्भावना छ, केही दिनपछि मौसममा सुधार भएपछि काम थाल्नेछौं ।’

 

गुरुङ भन्छन्, ‘अहिले प्रायः होटल रित्तिएका छन्, मेरै लज पनि खाली छ ।’ गुरुङले पानोरामा भ्यू पोइन्ट लज सञ्चालन गरेका छन् । 

सुर्खेत:   सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ ।  लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...

थप पढ्नुहोस्

गलकोट:   सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...

थप पढ्नुहोस्