आगलागीबाट तीन जना घाइते
नवलपरासी | फागुन २३, २०८१
नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छभने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ ।
आज दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।
आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी रु २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।
आगोलाई बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

