थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो
काठमाडाैं | फागुन २४, २०८१
सांकेतिक तस्वीर
काठमाडौं: थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो ।
गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पु¥याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
बैंककस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

