पोखरा-१६ लाई वडाध्यक्ष कप भलिबलको उपाधि
पाेखरा | फागुन २५, २०८१
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ ।
मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो । जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो ।
उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

