गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा ट्राफिक सचेतना
पाेखरा | फागुन २५, २०८१
पोखरा: गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ ।
समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए ।
यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए ।
नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसीबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।
गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

