शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

पाेखरा | चैत २, २०८१

शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव  सदुपयोग गर्न जरूरी:  प्रदेश प्रमुख भट्ट

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ ।
 

निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
 

‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु ।’ उहाँले भन्नुभयो – ‘हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’
 

देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उहाँको भनाई छ ।  

 

 

उहाँले भन्नुभयो – ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’
 

प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ ।
 

प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्नुभयो ।

 

निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थाले सुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।

 

 

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्