बूढीगण्डकीमा डुबेर एक जनाको मृत्यु

गोरखा | चैत १४, २०८१

बूढीगण्डकीमा डुबेर एक जनाको मृत्यु सांकेतिक तस्वीर

गोरखा:  एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    
“आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।” 

    
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्