कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

काठमाडाैं | चैत १६, २०८१

कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

काठमाडौं:   काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ ।


महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । 


महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।


पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्