आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छ: मन्त्री गुरुङ

पाेखरा | चैत १६, २०८१

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छ: मन्त्री गुरुङ

गण्डकी:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताउनुभएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताउनुभएको हो । 


अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिनुभयो ।


“हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ”, उहाँले भन्नुभयो,“राजतन्त्र आफ्नै कारणले सक्किएको हो । आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ रु संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ।”

    
व्यवस्था परिवर्तन भए पनि सोअनुसार कानुन परिवर्तन नहुँदा जनताबाट अपेक्षित काम गर्न समस्य भएको भन्दै सरकारका प्रवक्ता गुरुङले यही अवस्थालाई दृष्टिगत गर्दै सरकारले आवश्यक कानुनहरूको निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले सरकारका कामलाई प्रभावकारी बनाउन विद्यमान विभिन्न १२ वटा ऐन संशोधन गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।


मन्त्री गुरुङले वर्तमान सरकारले आर्थिक रूपमा सङ्कटमा गर्ने अवस्थाबाट मुलुकलाई जोगाएको जिकिर गर्दै आवश्यकताका आधारमा मात्रै ऋण लिने नीतिअनुसार सरकार अगाडि बढेको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरकारले पहल गर्ने उहाँले बताउनुभयो । 


प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले सुनचाँदी व्यवसायको सुरक्षा प्रत्याभूति गराउनका सोहीअनुसार विधि र प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले व्यवसायलाई थप व्यवस्थित बनाउन  महासङ्घ निरन्तर लागिरहेको बताउनुभयो । 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्