सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसमक्ष लामिछानेको आग्रह
काठमाडाैं | चैत १९, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ ।
आज सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो ।
झण्डै दुई महिनाअघि रास्वपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरेसमक्ष निवेदन दिनुभएको थियो । सोही मागलाई स्मरण गराउन आफूहरुले सभामुखसँग भेट गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उक्त भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सोविता गौतम, अशोक चौधरी, शिव नेपाली, डा तोसिमा कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।
सांसदलाई मुद्दा पर्नासाथ पद निलम्बन गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै उहाँहरुले यस विषयमा थप छलफलका लागि सभामुख घिमिरेसँग आग्रह गर्नुभयो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

