भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

भोजपुर | चैत १९, २०८१

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान तस्बिर फाइल

भोजपुर: भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । 


रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । 
    
    
विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । 


रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ । 
    
    
टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीका तर्फबाट रेडपाण्डा भेटेर तस्बिर खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
    
    
रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन हँुदै आइरहेको संस्थाका महासचिव गणेश प्रधानले बताउनुभयो । 


सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्