ताङतिङमा हुने चैते दशैं मेलाको तयारी तिब्र, बास्केटबल र भलिबल प्रतियोगिताको मुख्य आकर्षण
भलिबल र बास्केटबलको उपाधि राशी १ लाख
कास्की | चैत २०, २०८१
पोखरा: कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आयोजना हुने ३१ औं चैत्र मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
ताङतिङ क्लबको आयोजनामा यही २२ गतेदेखि २६ गतेसम्म मादी गाउँपालिका २ ताङतिङमा हुने मेलाको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त मेलामा मुख्य आकर्षणको रुपमा खुला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।
यस्तै पुरुष तथा महिला छेलो हान्ने प्रतियोगिता, पुरुष दौड प्रतियोगिताको आयोजना गरिनेछ ।
खुला भलिबल तथा बास्केटबलतर्फको विजेता टिमलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तै दुवै प्रतियोगिताको उपविजेता टिमलाई नगद रु ७० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उनका अनुसार पुरुष दौडतर्फ प्रथमलाई ४० हजार, द्वित्तियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलाई १० हजार, पाँचौ, छैटौं र सातौ हुनेलाई क्रमश ८ हजार, ६ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
पुरुष छेलो हान्ने प्रतियोगिताको विजयीलाई २५ हजार नगद, उपविजयी बन्नेलाई १५ हजार प्रदान गरिने उनले बताए । यस्तै महिलातर्फको विजेतालाई १० हजार र उपविजयी बन्नेलाई ५ हजार प्रदान गरिनेछ ।
पुरुष डोरी तान्नेतर्फ प्रथम हुने समूहलाई नगद रु ३० हजार र द्वित्तिय हुने समूहलाई २० हजार, ३५ वर्ष माथि उमेरसमूहतर्फको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १० हजार प्रदान गरिने क्लबका सचिव बिन गुरुङले जानकारी दिए ।
उक्त कार्यक्रममा लाइभ कन्सर्ट तथा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

