पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शिवराजको मृत्यु
पाेखरा | चैत २८, २०८१
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार शिवराज कँडेलको मृत्यु भएको छ ।
पोखरा–९ बसपार्कमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा चाउथे घर भएका शिवराज गम्भिर घाइते भएका थिए ।
पोखरा–९ बसपार्कमा ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटरमा सवार ५३ वर्षीय कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रकले ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोक लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

