बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडाैं | बैशाख ७, २०८२

बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।

 

आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

 

 

उहाँहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ', लगायत नाराहरु लगाएका छन् ।

 

पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । 

 

आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्