न्यु डायमण्ड र पुलिसको विजयी सुरुवात, कर्णालीको दोस्रो हार
पुरुषतर्फ आज चार खेल हुँदै
पाेखरा | जेठ ९, २०८२

पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो र तेस्रो सेट क्रमशः २५–१० को जित निकाल्यो ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तीन जना थाइल्याण्डका खेलाडी सम्मिलित एभरेष्टलाई पुलिसले २५–१९, २५–१८ र २५–१८ ले पराजित ग¥यो ।
आज नै पुरुषतर्फ चार खेल हुनेछ । अहिले पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...