एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

धनुषा | जेठ ९, २०८२

एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

धनुषा:   नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् ।


उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए ।


अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्