पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता: अध्यक्ष प्रचण्ड

बाग्लुङ | जेठ ९, २०८२

पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता: अध्यक्ष प्रचण्ड

गण्डकी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । 


साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो ।


ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उहाँले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताउनुभयो ।


“सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।”


भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उहाँले बताउनुभयो ।


स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।


पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।

पोखराः  पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्ग...

थप पढ्नुहोस्

गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

थप पढ्नुहोस्

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएक...

थप पढ्नुहोस्