पोखराको सर्वेश्वर–पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन बागलुङका व्यवसायीलाई सर्वेश्वर व्यवसायीको आग्रह
पाेखरा | जेठ ९, २०८२

पोखरा: पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ ।
उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् ।
छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै सामान ल्याईने भएकाले पोखरामै सस्तोमा सामान पाईने बताए ।
बागलुङलगायतका क्षेत्रका व्यवसायीहरुले अब सामान लिनकै लागि काठमाडौं धाईरहनुपर्ने बाध्यता छैन,उनले भने,‘पोखरामै सस्तो र गुणस्तरीय सामान पाईन्छ । यसले समयपनि बचत हुन्छ र झञ्झट बेहोर्नुपनि पर्दैन ।’ उनले बागलुङका व्यवसायीहरुलाई सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पोखरामा पाईने सामान सस्तो र गुणस्तरिय हुनुपर्ने बताए । पोखरा हाम्रो लागि नजिक ठाउँ भएकाले सामान खरिदका लागि गन्तव्य बन्न सक्छ,उनले भने,‘तर पोखरामा उत्पादन हुने वा आयात गरिएका सामान सस्तो र गुणस्तरिय हुनुपर्छ । त्यस्तै होलसेल व्यवसायीले सेवा सरल र छिटो बनाउनपनि जरुरी छ ।’
कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष डिबी कार्कीले पोखरा सामान खरिदका लागि नजिकपनि पर्ने र मूल्यपनि केहि सस्तो भएपनि ढुवानीमा समस्या रहेको बताए । पोखरामा सामान खरिद गर्दा ढुवानीमा समस्या छ,उनले भने,‘ढुवानी सहज होस्, अनलाईन सपिङ वैध बनोस् अनि सस्तो र गुणस्तरिय सामान खरिद गर्ने गन्तव्य पोखरा बनोस् । हामी सामान खरिद गर्न तयार छौं ।’
अन्तरक्रिया कार्यक्रममा बागलुङ तथा छिमेकी जिल्लाहरुबाट सहभागी व्यवसायीहरुले राखेका जिज्ञासाका बारेमा सर्वेश्वर व्यवसायी समितिका तर्फबाट अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकारहरु नरहरी अधिकारी, प्रेमप्रसाद सुवेदीलगायतले प्रस्ट्याएका थिए ।
छिमेकी जिल्लाहरुमा व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि सर्वेश्वर मार्ग–पराजुली मार्गका २९ जना व्यवसायीहरुको टोली उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा गएका हुन् ।
टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयापुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको महासचिव विशाल अधिकारीले जानकारी दिए ।
उनका अनुसार मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग पनि भेटघाटसँगै अन्तरक्रिया गरिनेछ त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाई छ । ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’–उनले भने ।
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आजको तेस्रो खेलमा गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड ह...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड ह...
पोखरा: पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्...