राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके) गण्डकीको अध्यक्षमा विशाल
पाेखरा | जेठ १०, २०८२
पोखरा: राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल वि.क सर्वसम्मत चयन भएका छन् ।
पोखरामा आज सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत भए ।
सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक चयन भए ।
राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)ले लुम्बिनीपछि गण्डकीमा समिति गठन गरेको हो ।
राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)का निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताए ।
‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भने, ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

