एभरेष्टलाई पराजित गर्दै न्यु डायमण्डको दोस्रो जित
पाेखरा | जेठ १०, २०८२

पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो ।
न्यु डायमण्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमण्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो ।
यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ ।
यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । आज पुरुषतर्फ चार खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाक...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।...