एनभिएमा आर्मीको पूनरागमन जित

पाेखरा | जेठ १०, २०८२

एनभिएमा आर्मीको पूनरागमन जित

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । 


पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो । 


त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । 


यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । 


यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । 


यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 


न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । 


एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । 


यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।  


नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । 


यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।  


नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 

काठमाडौं:  नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।  ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...

थप पढ्नुहोस्

मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

थप पढ्नुहोस्

गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...

थप पढ्नुहोस्