पाचौं टाइगर कप भलिबल २१ लाख नाफामा, छैठौं संस्करण माघ ९ देखि !

पाेखरा | जेठ १४, २०८२

पाचौं टाइगर कप भलिबल २१ लाख नाफामा, छैठौं संस्करण माघ ९ देखि !

पोखरा:  पोखरामा सम्पन्न भएको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको छ । 


गतवर्ष माघ १२ देखि २० गतेसम्म आयोजना गरेको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगिताको आयव्यय टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 


टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा २१ लाख १ हजार ६ रुपैयाँ नाफा भएको बताए । 


उनका अनुसार प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी हुँदा १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रुपैयाँ खर्च भएको बताए । 

कुन शिर्षकमा कति आम्दानी खर्च हेर्नुहोस् 

 


अध्यक्ष शर्माले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा, एवं खेलकुद अभियानमा सहयोग प्रतिवद्धता अनुसार प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न यस वर्षबाट प्रदेश खेलकुद प्ररिषद् गण्डकीलाई अक्षयकोषको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको बताए । 


गतवर्ष माघ १२ देखि २० गतेसम्म सम्पन्न भएको एनसेल पाचौं संस्करणको टाइगर कप प्रतियोगितामा महिला तथा पुरुषतर्फ १÷१ विदेशी टिमसहित ६÷६ टिमको सहभागिता रहेको थियो । 


टाइगर ग्रुप अफ पोखरा नेपालले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघसँग स्वीकृति समेत माग गरेको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले आज पोखरामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई स्वीकृति पत्र हस्तान्तरण गरे । 


नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा आयोजना हुने छैठौं संस्करणको टाइगर कपको लागि विदेशी भलिबल क्लबलाई सहभागिताका लागि समन्वय गर्ने प्रतिवद्धता समेत गरे । 


 

यो पनि पढ्नुहोस

 

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्