वडास्तरीय भेट्रान्स फुटबलमा वडा १५ च्याम्पियन, इश्वर बने सर्वाेत्कृष्ट
पाेखरा | जेठ १८, २०८२
पोखरा: हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ ।
हेमजास्थित गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिबार भएको फाइनल खेलमा वडा १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा १५ च्याम्पियन बनेको हो ।
उपाधिसँगै वडा १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसैगरी उपविजेता वनेको वडा १ ले नगद रु ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र हात पार्याे ।
सो प्रतियोगिताबाट वडा १ का इश्वर गुरुङ चन्द्र सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजार र ट्रफिसहित पुरस्कत भए ।
यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा वडा २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा वडा १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डरमा वडा १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा १५ कै धर्मराज पराजुली, र उत्कृष्ट फरवार्डका रुपमा वडा १ का वासु जिसी तथा उत्कृष्ट प्रशिक्षकमा वडा १५ का नितेष गुरुङ पुरस्कृत भए ।
यस्तै अनुशासित टिमका रुपमा नगद रु १० हजारसहित वडा ५ पुरस्कृत भएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
प्रतियोगितामा प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, वडा १ का वडाध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी बलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

