बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

पाेखरा | जेठ १९, २०८२

बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

पोखरा:  गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।

 

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

 

कास्की प्रहरी​का डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ । 

 

गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।  

 

आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् । 

 

 

 

 

झापा:  काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बि...

थप पढ्नुहोस्

पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र गण्डकी प्रदेशसभा आसपास क्षेत्रमा कर्फ्यू लगाएको छ । प्रशासनले आज बिहान ८ बजेदेखि लागूहुने गरी कर्फ्यू लगाएको हो ।  शहिदचोकको पूर्वतर्फ वाइचोक, प...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...

थप पढ्नुहोस्