अन्नपूर्ण म्याराथनमा तिलक र सुनमाया च्याम्पियन
कास्की | जेठ २०, २०८२

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।
सुनुवार च्याम्पियन बन्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे ।
यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बने । उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरे । भने, दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय बने ।
स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे ।
उनीहरु क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजारबाट पुरस्कृत बने ।
यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् ।
राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् ।
उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।
ढोरपाटन: एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुव...
इलाम: जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा ...