पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पाेखरा | जेठ २४, २०८२

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा:   पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । 


भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।


भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामिण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु प्रयोग गरेका खाना खान पाउदा विदेशीहरु पनि नयाँ अनुभव हुने बताए ।


उनले पोखराको पर्यटन प्रवद्र्धन गर्न भिडियो प्रतियोगिता, पर्यटन प्रवद्र्धनका लागि भारत, चीन, बंगलादेश लगाएतका देशमा पर्यटन प्रवद्र्धनका लागि सेल्समिसन सन्चालन गर्ने बताए ।


कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले पर्यटन विकासका लागि सेवामा स्तरीयता कायम गर्नु पर्ने बताए । उनले तालिम आवश्यक परेरमा आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए ।


कार्यक्रममा नेपाल पत्रकार मंहासघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पञ्चासे क्षेत्र धार्मिक महत्वको क्षेत्रका साथै जैविक विविधताले महत्वपुर्ण भएको बताए । कार्यक्रममा हर्पन खोला संरक्षण समितिका अध्यक्ष रविन्द्र गुरुङ, मकनादेवी सामुदायीक होमस्टेका अध्यक्ष शिव घले लगाएतले प्रचार प्रसारको अभावमा पहिलेका पदमार्ग ओझेल पर्दै गएको बताए ।  


पोखराको पृथ्वीचोक, हल्नचोक, पामेबजार, ठुलाखेत, घाटिछिना हुदै करिब ४० मिनेटमा पुग्न सकिन्छ  । ३१ घरधुरी रहेको यो गाउँमा अहिले ५ घरमा होमस्टे संञ्चालन भएको छ भने अन्य थोरै घरमा मात्रै मानिसहरु बस्छन् । अन्य घर खाली छन् । 


होमस्टको प्रबद्र्धन गर्दै गाउँ मै फर्किनका लागि पे्ररित गर्न कार्यक्रमको आयोजना गरेको पञ्चासे फाउण्डेसनका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे कास्की, पर्वत र स्याङजाको संगमस्थलका रुपमा लिइन्छ । पञ्चासे क्षेत्रमा ५५९ प्रजातिका बनस्पती १४३ प्रजातिका सुनाखरी पाइने पौडेलले बताए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्