जेष्ठ नागरिकलाई बागलुङ कालिका र पञ्चकोटको तीर्थयात्रा
पाेखरा | जेठ २४, २०८२
पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।
चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।
दुईवटा वसमार्पmत एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो ।
उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ ।
स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उहाँले जानकारी दिनुभयो ।
वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारासेवा एवम् सुचना अधिकृत रुद्रथापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागिहरु सेवा पु¥याउँनु भएको थियो । यात्रा टोली आजै पोखरा फर्कने कार्यक्रम रहेको छ ।
वडा कार्यालयले जेष्ठनागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

