पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम

पाेखरा | जेठ २७, २०८२

पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम

पोखरा:  पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो ।


पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् ।


तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए । 


तालिम लिन व्यक्ति, काम गर्न सस्था र देशकै लागि पनि तालिम प्राप्त व्यक्ति हुदाँ फाइदा पुग्ने बताए । उनले तालिम लिइ सकेपछि इमान्दारीता पनि देखाउन आवश्यक रहेको बताए ।


कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिम पछि स्तरीय सेवा प्रदान गर्न लाग्नु पर्ने बताए ।


कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइराला लगाएतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए ।


उनीहरुले विदेशमा थोरै जनशक्तीले पनि धेरै काम गर्ने प्रबृतिको उदाहरण दिदै तालिम पछि  उनीहरु पनिले पनि राम्रो काम गर्न विश्वस व्यक्त गरे ।


तालिम पछि सहभागीले व्यावसायिक खाना पकाउने सक्ने छन् । तालिममा अनुभवी शेफ, दिपक शर्मा, बिजय पौडेल लगाएतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सक्ने बताउने छन् ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्