पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

पाेखरा | जेठ २९, २०८२

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

पोखरा:   पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ । 


तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्नुभयो । 


पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित शिपले बेरोजगार नरहने बताउनुभयो । 


राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्नु भयो । 


कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनुभयो ।


डिन अधिकारी पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रबृत्तिका रहेको बताउनु भयो । समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको उल्लेख गर्नुभयो । 


युवा बैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो कुरा भएको बताउनुभयो । उहाँले एउटा उमेर समूहमा जिज्ञासु बन्नेहरुले त्यसलाई निरन्तरता दिए मात्र लक्ष्य प्राप्ती हुने उल्लेख गर्नुभयो । 


समापन कार्यक्रमका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरु गरिएको बताउनुभयो । 


अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आय आर्जनको माध्यमका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । 


उहाँले वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार शिपविकासको प्रविधिलाई अगाडी बढाएको बताउनुभयो । 


४५ दिनसम्म संचालन गरिएको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी रहेका थिए । 


समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारंभ गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका छ वटा रोवटिक्स प्रोजेक्ट, बर्ष भरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो । 


तालिममा प्रशिक्षार्थीका रुपमा रहेका विद्यार्थिहरुले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्ठबिनमा दोश्रो र तेश्रो स्थान हासिल गर्नेलाई वडाध्यक्ष थापाले सम्मान गर्नु भएको थियो । 
 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्