जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री
पाेखरा | जेठ २९, २०८२
पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन ।
इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन भने बुबा नगेन्द्र शर्मा र आमाव्दय लक्ष्मी र अनितासंगको अनुरोधमा विद्यालयमा अक्षयकोषको स्थापना गर्न सफल भएको राससलाई बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा शैक्षिक सामाग्री र उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
२०३५ सालमा स्थापना भएको सो विदालयमा हाल तीन सय भन्दा बढी अध्ययनरत छन् ।पछिल्लो समय सामुदायिक विद्यालय समाजका विपन्न, र असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बन्दै आएको छ ।
विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका लागि गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

