पाल्पामा बोलेरो र्दुघटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

पाल्पा | असार ३, २०८२

पाल्पामा बोलेरो र्दुघटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

पाल्पा:  पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं। १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा बस्ने बिनोद ढुङ्गाना र सनाखत हुन नसकेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।


सोमबार बेलुका पूर्वखोला गाउँपालिका(५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडि अचानक सडकदेखि खस्दा चालकसहित तीन जना घाईते भएका छन् ।


दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । 


यस्तै पहिचान खुल्न नसकेका पुरुषलाई युनाइटेड मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले बताए । 


दुर्घटनामा घाइते भएका सवारी चालक जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. ११ बस्ने ३० वर्षीय राजु खड्काको अवस्था गम्भीर रहेको हुँदा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।


अण्डा लोड गरेको बोलेरो जीप सडकदेखि तीन सय मिटर तल खसेको थियो । दुर्घटानाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रह...

थप पढ्नुहोस्

पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम क...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र ...

थप पढ्नुहोस्