इजरायल र इरानको भ्रमण नगर्न अपिल

काठमाडाैं | असार ५, २०८२

इजरायल र इरानको भ्रमण नगर्न अपिल

काठमाडौं:  नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । 


इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न अपिल गरेको हो । 


बुधबार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यात्रासम्बन्धी जानकारी अर्थात् ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउँदै हाल इजरायल तथा इरानमा रहेका तथा नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकले अत्यावश्यकबाहेक भ्रमणमा ननिस्कन अनुरोध गरेको हो ।


विश्वका कतिपय मुलुकले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न अनुरोध गरेको औँल्याउँदै मन्त्रालयले कतिपयले त्यहाँ रहेका नागरिकलाई सुरक्षित रहन, समुदायमा सम्पर्कमा रहन, सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचना, जानकारी तथा निर्देशन पालना गर्न र तोकिएको समय र स्थानबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको प्रस्ट पारेको छ । 


सरकारले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । 


त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ । 


त्यहाँस्थित नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहँदै परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रूपमा हेर्न पनि भनिएको छ । 


आपत्कालीन सङ्कट आइपरेमा उद्धार तथा सहायतासँगै पहुँचमा रहन परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अबिबको वेबसाइटमा राखिएको विवरण भर्न सुझाइएको छ ।  

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्