मादीको खिलाङमा पहिरोले गोठ पुरियो, जोखिममा गाउँ
तप्राङमा तीन घरमा क्षति
पाेखरा | असार ६, २०८२
पोखरा: कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ ।
बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवटा भैसी पुरिएको मादी गाउँपालिका–१ का वडासदस्य प्रेम बहादुर गुरुङले सुनगाभा न्यूजसँग बताए ।
‘हिजो रातिको अविरल वर्षासँगै खिलाङ गाउँ भन्दा माथिबाट आएको पहिरोले डुमप्रसाद गुरुङको गोठसँगै दुईवटा भैसी पुरेको छ, गाउँपालिका र प्रहरीलाई खबर गरेका छौं, वडा सदस्य गुरुङले भने, ‘पहिरोले गोठमा राखेको काठ चिर्ने मेसिन समेत पुरेको छ, पहिरोले गोठ नजिक रहेको घरलाई समेत सामान्य क्षति गरेको छ ।’
उनका अनुसार काहुँखोला–सिक्लेस सडकखण्डको ग्याबिन जालीलाई समेत पहिरोले क्षति पु¥याउँदा गाउँ नै पहिरोको जोखिममा रहेको बताए ।

यस्तै मादी गाउँपालिका–६ मा गएरातिको वर्षासँगै आएको पहिरोले तीन वटा घर र गोठमा क्षति पु¥याएको वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए ।
‘गएराति पौने १२ बजेतिर गएको पहिरोले स्थानीय विरबहादुर रानाको २ वटा घर बस्नै नमिल्ने गरी जोखिममा परेको छ भने, सन्तबहादुर रानाको समेत घरमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष क्षेत्रीले भने, सुर्यबहादुर थापाको गोठ र कुखुराको खोर पहिरोले पुरेको छ, घर पनि जोखिमै रहेको छ ।’
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

