बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

सिन्धुली | असार ६, २०८२

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक तस्बिर फाइल

सिन्धुली:   काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ।


शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो।


सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो ।


उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ ।


‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्‍याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने । उनले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए।


यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको उनले बताए । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्