बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

सिन्धुली | असार ६, २०८२

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक तस्बिर फाइल

सिन्धुली:   काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ।


शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो।


सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो ।


उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ ।


‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्‍याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने । उनले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए।


यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको उनले बताए । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्