करेन्ट लागेर मुगुमा १० खच्चर मरे

मुगु | असार ९, २०८२

करेन्ट लागेर मुगुमा १० खच्चर मरे

मुगु:   विद्युत् सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका–११, कुसाटाउमा १० खच्चर मरेका छन् ।


ती खच्चर जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै थिए । त्यही बेला नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको थियो । 


प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार ९असार ८० दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चरधनी छायानाथ रारा–१ का कन्नबहादुर मल्लले गुनासो गरे ।


उनले भने, “पानी परिरहेका बेला सडकछेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन । एक्कासि १० खच्चर करेन्ट लागेर मरे । मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुनाले सामान्य झड्का मात्र लाग्यो, म बचेँ ।”


उनका अनुसार, एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे ।


मल्लका चार, छायानाथ रारा–१० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीनरतीन खच्चर मरेका हुन् ।


गएको शुक्रबार ९असार ६० पनि छायानाथ रारा–१२, कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो । 


विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए ।


केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा समस्या भएको भन्दै नियमानुसार पाउने क्षतिपूर्तिका निम्ति आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने बताए । 

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्