संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा क्षेत्री निर्वाचित

पाेखरा | असार २९, २०८२

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा क्षेत्री निर्वाचित

पोखरा:  संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् ।


पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी रोहितराज पराजुलीले १६ मत पाए ।


युवराज श्रेष्ठलाई १० मतले पराजित गर्दे अनुप पौडेल उपाध्यक्ष निर्वाचित भए । पौडेलले २३ र श्रेष्ठले १३ मत पाए । सचिवमा युवराज गुरुङ युनिस र सहसचिवमा उमा आलेमगर सर्वसम्मत चयन भए ।


फणिन्द्र अधिकारीलाई २ मतले हराउँदै ऋषिराम बराल कोषाध्यक्ष निर्वाचित भए । बरालले १९ र फणीन्द्रले १७ मत पाए । सदस्यहरु निर्विरोध निर्वाचित भए ।

 

दुर्गा राना, प्रतिक्षा काफ्ले, सुबास पौडेल, चन्द्रिका घिमिरे अनिता, सञ्चय रानाभाट र विमल तिवारी चयन भए ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्