पोखरामा १२ लाख बढी चोरी गरेको आरोपमा ओमबहादुर पक्राउ
पाेखरा | साउन ५, २०८२
पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो ।

पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी
पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

