पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई
‘साधारण जीवन र शालिन व्यवहारका पर्याय पराजुली’
पाेखरा | साउन ११, २०८२
पोखरा: पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो ।
विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा।डा। हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।
क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।’
सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे ।
‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने ।
सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे ।
उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए ।
इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

