पोखरामा जग्गा विक्री गर्ने विषयमा जङ्गे जङ्गिएपछि...

जङ्गेको दोस्रो श्रीमती थिईन् जमुना

पाेखरा | साउन ११, २०८२

पोखरामा जग्गा विक्री गर्ने विषयमा जङ्गे जङ्गिएपछि...

पोखराः  पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्गेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

 
‘साउन ८ गते हामीलाई पोखरा–२७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी बस्तीमा अस्थायी रुपमा बन्दै आएका जमुना नेपाली सार्की मृत अवस्थामा रहेको भन्ने सूचना आएको थियो, कास्की प्रहरी प्रमुख ओलीयाले भने, प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा बेच्ने विषयमा वादविवाद हुँदा श्रीमानले आवेशमा आई मुक्का प्रहार गरी भित्ता तर्फ ठोक्काउँदा जमुनाको मृत्यु भएको खुल्न आएकाले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका हौं ।’


जङगेले जमुनाको हत्या साउन ६ गते गरेको कास्की प्रमुख ओलियाले बताए । ‘मिस्त्रीको काम गर्दै आएका जङ्गेले साउन ६ गते नै जमुनाको हत्या गरेको खुल्न आएको छ, उनले भने, साउन ८ गते उनीहरु बस्दै आएको घरबाट गन्ध आएपछि मात्र घटना बाहिर आएको हो, शवको पोष्टमार्टम रिर्पोपछि हत्यो कारण टाउकोमा ब्लुथ फोर्सको चोटका कारण खुल्न आएको छ ।’


कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभान स्थायी घर भई विगत २०/२१ वर्षदेखि पोखरा २७ रिठ्ठेपानी बस्दै आएका जङ्गेको जमुना दोस्रो श्रीमती हुन् । 


पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अन्तै विवाह गरेर गएपछि जङ्गेले जमुनालाई दोस्रो विवाह गरेको हुन् । 


उनका छोरा अहिले विवाह गरेर रिभानमा नै बस्दै आएको प्रहरीले जनाएको छ । 


श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा ६दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्